Shikhar Insurance
National Life

कुलमानको दीर्घकालीन योजनाः २२० केभी प्रशारण रिङ बनाएर राजधानीमा बिजुली समस्या हल गर्दै

प्रकाश वाग्ले
२०७८ पुष १८, आईतवार १३:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं उपत्यकामा रहेको अनियमित विद्युत् वितरणको दीर्घकालिन समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले नयाँ योजना अगाडि सारेको छ ।

विशेषगरी पिक लोडको समयमा लोड व्यवस्थापनमा समस्या भोगिरहेको प्राधिकरणले अब उपत्यकाका सम्पूर्ण सबस्टेसनलाई २२० केभी रिङ प्रशारण निर्माण गरी एकीकृत प्रणाली मार्फत विद्युत वितरण गर्ने योजना अगाडि बढाएको छ । यो प्रशारण रिङ निर्माण भएपछि उपत्यकामा ३ हजार मेगावाट बराबरको विद्युत् वितरणका लागि पुर्वाधार तयार हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अहिले काठमाडौंको पिक डिमाण्ड करिब ५०० मेगावाट रहेपनि प्राधिकरणले आगामी दिनमा हुने विद्युत माग र आपूर्तिको व्यवस्थापनका लागि उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरलाई समेट्ने गरी २२० केभी डबल सर्किट प्रशारण लाइनको रिङ निर्माण गर्न लागेको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार हाल काठमाडौंमा स्युचाटार सबस्टेसनबाट ६६ केभी लाइन मार्फत काठमाडौंका विभिन्न वितरण स्टेसन मार्फत वितरण भइरहेकोले समय समयमा लाइन ट्रिपिङको समस्या छ ।

“हामी काठमाडौंको ट्रिपिङ, तथा भविष्यको मागलाई समेत ध्यानमा राखेर यो २२० केभी प्रशारण रिङ निर्माणको योजनामा छौं,” भट्टराईले भने, “यो आयोजना पूरा भएपछि काठमाडौंमा गुणस्तरीय विद्युत वितरण हुनुका साथै आगामी ५० वर्ष सम्मको मागलाइ धान्ने संरचना तयार हुनेछ ।

प्रवक्ता भट्टराईका अनुसार यो रिङ स्युचाटार, मातातिर्थ, हरिसिद्धी भक्तपुर, कपन, बुढानिलकण्ठ, बालाजु हुँदै स्युचाटारसम्म आइपुग्ने छ ।

रिङ निर्माण भएपछि यहाँका सबस्टेसनमा मल्टी लाइनबाट विद्युत आपुर्ती हुने भएकाले फिडरहरुबिच रहेको असमान भारको व्यवस्थापन तथा उपत्यकाको लोड समेत यहाँका सबस्टेसनमा समान रुपले वितरण भै ट्रिपिङ, ओभरलोड, ट्रान्फर्मर फेल लगायतका सम्पूर्ण समस्या सामाधान हुनेछ ।

अहिले काठमाडौंको पिक लोड ५०० मेगावाट रहेको छ भने साधारण लोड भने १०० मेगावाट रहेको छ । जसका कारण कतिपय फिडरहरु ओभरलोडका कारण ट्रिप गर्दा कतिपय फिडर भने न्यून लोडमा चलिरहेका हुन्छन् जसका कारण भएका पुर्वाधारको पुर्ण प्रयोग नहुने, विद्युत वितरणमा अनियमितता हुनुका साथै प्राविधिक चुहावट समेत बढिरहेको हुनाले यस्ता समस्या समाधान तथा उपभोक्ता माझ गुणस्तरीय विद्युत् पुर्याउन प्रशारण रिङ निर्माण गर्न लागेको प्राधिकरणले जनाएको छ ।

के हो प्रशारणलाइन रिङ ?
प्रशारण रिङ भन्नाले कुनैपनी लोड सेन्टरलाई आधार मानेर त्यसको वरिपरी बाट उच्च क्षेमताको प्रशारण लाइन निर्माण गरिन्छ । त्यस क्षेत्रका लोडबेसहरुलाई समानान्तर रुपमा मल्टीपल सर्किटको माध्यमबाट प्रशारण रिङमा जेडिन्छ ।

समानान्तर लोडबेस तथा मल्टिपल सकिर्ट कनेक्सनका कारण कुनै सर्किट वा सबस्टेसनमा फल्ट आए अथवा सबस्टेसन ओभरलोड भए अन्य सर्किट वा सबस्टेसनले लोड क्यारी गरि विद्युतको वितरण भने उपभोक्ता समक्ष नियमित नै हुन्छ । ट्रिपिङ, ओभरलोड, भोल्टेजड्रप लगायतका समस्या समेत समाधान हुन्छ । जसका कारण आम उपभोक्ताले गुणस्तरीय विद्युत सेवा पाउँछन् भने प्राविधिक चुहावट कम हुने, ओभरलोड, आगलागी फल्ट लगायतका समस्या कम हुने भएकाले प्राधिकरणलाई समेत फाइदा हुनेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्