Shikhar Insurance
National Life

कर्पोरेट डेभलपमेन्ट बैंकको १५०% हकप्रदमा माघ ७ देखि आवेदन दिन पाइने

सिंहदरबार संवाददाता
२०७८ पुष १८, आईतवार १२:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले एक बराबर १ दशमलव ५ अनुपातमा (१५० प्रतिशत) हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । २५ पुससम्म सेयरधनी कायम लगानीकर्ताले ७ देखि २७ माघसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हकप्रदका लागि सिभिल क्यापिटलका साथै कर्पोरेट डेभलपमेन्ट बैंकका शाखा कार्यालयहरू, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदनसमेत दिन सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।

हाल २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद निष्कासन गरेपछि पुँजी ५० करोड पुग्नेछ । बैंकको उक्त हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी बी प्लस आईएस’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्