Shikhar Insurance
National Life

मासु र अण्डामा आत्मनिर्भर नेपाल-‘पोल्ट्रीजन्य वस्तुमा राज्यले सहयोग गर्नुपर्छ’

सिंहदरबार संवाददाता
२०७८ पुष १७, शनिबार १७:५२
Hyundai
NCELL
NIMB

चितवन । पोल्ट्रीजन्य वस्तुुको उत्पादनमा राज्यले सहयोग गर्नुपर्ने व्यवसायीले माग गरेका छन् । नवौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ताले आत्मनिर्भर भएको यस व्यवसायलाई जोगाइराख्न राज्यको सहयोग आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले पोल्ट्री नीति कार्यान्वयनमा ध्यान दिन नसक्दा समस्या भएको बताए । नीति कार्यान्वयनसँगै सरकार र व्यवसायी समयअनुसार हिँड्न सक्नुपर्ने उनको भनाइ थियो । व्यवसायमा अहिलेको समस्या कुखुराको भ्याक्सिन भएको बताउँदै उनले भने, “नेपालमा भ्याक्सिनको समस्या छ । यसलाई समाधान गर्न राज्यले ध्यान दिनुपर्छ ।” बर्डफ्लुको भ्याक्सिन आयातमा रोक लगाउँदा व्यवसायी मारमा परेको उनले बताए । उनले भने, “आयातमा रोक लगाउँदा लुकीछिपी आउने भ्याक्सिनमा गुणस्तर कम हुँदा व्यवसायीले समस्या झेल्नुपरेको छ ।” उत्पादन बढाउनका लागि खोर र उपकरणमा नयाँ प्रविधि भित्र्याउन आवश्यक रहेको उहाँले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले निजी क्षेत्रले बनाएको नीति कार्यान्वयनमा सरकार तयार रहेको बताए । पोल्ट्री क्षेत्रको समस्या समाधानका लागि सरकार तयार रहेको उनको भनाइ थियो । उनले भने, “प्राविधिक कुरा बुझाउन केही समस्या भए पनि समस्या समाधानका लागि सरकारको तर्फबाट मन्त्रालय तयार रहेको छ ।” पोल्ट्रीजन्य उत्पादनबाट प्रोटिन पाइने भएकाले यसको प्रचार–प्रसार र बजार व्यवस्थापनमा बागमती प्रदेश सरकारले काम गर्ने उनले बताए ।

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्रध्यापक डा सुविर सिंहले प्रोटिनको महत्व र उपलब्धता, फिजिसियन डा. भोजराज अधिकारीले मानव स्वास्थ्यका लागि अण्डा र मासुको महत्व, भेटेरेनरी अस्पताल चितवनका डा रामचन्द्र आचार्यले पोल्ट्रीको वर्तमान अवस्था र चुनौती, व्यवसायीका तर्फबाट डा रेवन्तकुमार भट्टराईले नेपालमा कुखुरापालन व्यवसायको औद्योगीकरण विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल कुखुरा व्यवसायी मञ्च र बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले हाल निजी क्षेत्रले भोग्नुपरेका समस्याबारे बुँद्धागतरूपमा जानकारी दिएका थिए । विसं २०१७ पुस १७ गते तत्कालीन राजा महेन्द्रले ह्याचरी उद्घाटन गरेको दिनलाई पोल्ट्री दिवसका रूपमा विसं २०७० बाट मनाउन थालिएको हो । नेपालको कूल ग्रास्थ उत्पादनमा तीन दशमलव सात प्रतिशत ओगटेको यस क्षेत्रमा अहिले एक लाख ५० हजारले प्रत्यक्ष अप्रत्यक्ष रोजगार पाएका छन् । सन् १९८८ अगाडि निर्वाहमुखी व्यवसायका रूपमा रहेको यो व्यवसाय ३४ वर्षपछि व्यावसायिक भएको पाइन्छ । नेपालमा सन् २०२१ मार्चमा मासु र अण्डामा आत्मनिर्भर घोषणा भएको थियो ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्