Shikhar Insurance
National Life

स्वर्गिय राजा बिरेन्द्रको ज्वाई गोरख राणा बने स्ट्याण्डर्ड चार्टर्ड बैंकका डेपुटी सीइओ

सिंहदरबार संवाददाता
२०७८ पुष १६, शुक्रबार १६:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वर्गिय राजा बिरेन्द्रको ज्वाई गोरखशमशेर राणा स्ट्याण्डर्ड चार्टर्ड बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बैंकको संचालक समितिको निर्णयले उनलाई डेपुटी सीइओमा नियुक्त गरेको हो ।
स्वर्गिय राजा बिरेन्द्रको छोरी श्रुती राणाका श्रीमान हुन् । राणा प्रधानमन्त्री चन्द्रशमशेरका पनाति गोरखशमशेरसंग श्रुतिको विवाह २०५४ वैशाख २४ मा भएको थियो । २०५८ जेठ १९ गतेको दरवार हत्याकाण्डमा राजा बिरेन्द्रको सन्तान्तमा ज्वाईं गोरखशमशेर नातीनीहरु अर्थात छोरी श्रुतीका छोरीहरु गिर्वाणी र सुरंगना राणा मात्र बचेका थिए ।

स्वर्गिय राजाका ज्वाई गोरखशमशेर राणा २०५० सालदेखि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आवद्ध छन् । बैंकले पहिलो पटक डेपुटी सीइओको रुपमा राणालाई नियुक्त गरेको हो । सन् १९९६ मा कर्पोरेट र संस्थागत बैंकिङमा सरेका उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज इत्यादिसम्मका विभिन्न पदमा काम गरेका छन्। उनी अहिले ग्लोबल बैंकिङको प्रमुख छन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्