Shikhar Insurance
National Life

हिमालयन डिष्टिलरीको समायोजित सेयर मूल्य ५७ प्रतिशतले घट्यो

सिंहदरबार संवाददाता
२०७८ पुष १६, शुक्रबार १४:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । शत प्रतिशत लाभांश घोषणा गरेको हिमालयन डिष्टिलरीको सेयर मूल्य ५७.१४ प्रतिशतले घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि कम्पनीको सेयर मूल्य समायोजन गर्दा मूल्य करिब ३ हजार रुपैयाँले घटेको हो ।

बिहिबार दोस्रो बजारमा हिमालयन डिष्टिलरीको सेयर मूल्य ६ हजार ८ सय ७० रुपैयाँ कायम थियो । नेप्सेले कम्पनीको सेयर मूल्य समायोजन गरी प्रतिकित्ता ३ हजार ९ सय २५ रुपैयाँ ७१ पैसा कायम गरिएको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद गरी कुल १०० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले यही पुस २८ गते हुने आफ्नो २१औं वार्षिक साधारण सभाबाट पारित गरी प्रस्तावित लाभांश वितरण गर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्