Shikhar Insurance
National Life

सनराइज बैंकको साधारणसभाबाट लाभांश र मर्जरको प्रस्ताव पारित, कुन बैंक ताक्दैछ ?

सिंहदरबार संवाददाता
२०७८ पुष १५, बिहीबार १८:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । सनराइज बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न सम्पन्न भएको छ। साधारणसभाले ६ दशमलव ६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले गाभ्ने/गाभिने वा प्राप्ति गर्न गराउन उपयुक्त देखिएको अवस्थामा आवश्यक सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल राष्ट्र बैंकले समान वर्गका बैंक मर्जरलाई प्रोत्साहन गरेपछि पछिल्लो समय बैंकहरू मर्जरका लागि तातेका छन् । एनबी बैंकसँग मर्ज गर्ने तयारीमा रहेको सनराइजको हातबाट एनबी टाढा भइसकेको छ । अब बैंक कुन बैंकसँग मर्जरमा जाला भन्ने हेर्न बाँकी छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्