Shikhar Insurance
National Life

खोटाङका किसानले ग्लोबल आईएमईबाट २ लाख रूपैयाँ कर्जा सजिलै पाउने

सिंहदरबार संवाददाता
२०७८ पुष १५, बिहीबार १३:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । दिक्तेल नगरपालिकाले १ हजार किसानलाई कर्जा उपलब्ध गराउने किसानलाई सहुलियतपूर्ण कर्जा उपलव्ध गराउन खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ग्लोबल आइएमई बैंक र आरए ण्ड डि इनोभेटिभ सोलुसनबीच कर्जा सहजीकरणसम्बन्धी समझदारी भएको छ ।

व्यवसायिक कृषिमार्फत आत्मनिर्भर किसान बनाउन इनोभेटिभका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नगरपालिकाका उपमेयर विणादेवी राईले त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कृषि व्यवसाय तथा उद्यम गर्नका लागि आवश्यक वित्तिय, प्राविधिक, बजार व्यवस्थापन तथा समन्वय गरी साना स्तरका किसानलाई व्यवसायिक कृषिमा व्यवस्थित गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जासम्बन्धी सहकार्य गर्न समझदारी भएको नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका करिब एक हजार किसानलाई साना कृषि कर्जा प्रवाह गर्ने लक्ष्य राखिएको छ । बैंकले ५ वर्षका लागि प्रतिकृषक बढीमा २ लाख कर्जा स्वीकृत गरी लगानी गर्ने उपमेयर राईले बताइन् ।

किसानलाई प्राप्त कर्जा तथा अन्य स्रोतसाधनको सदुपयोग तथा दक्षता अभिवृद्धिसँग सम्बन्धित विषयमा निःशुल्क तालिम पनि दिइने भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्