Shikhar Insurance
National Life

भारतका बैंकमा खराव कर्जाको दर नेपालमा भन्दा ५ गुणा बढी

सिंहदरबार संवाददाता
२०७८ पुष १४, बुधबार ११:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतीय बैंकहरूमा रहेको खराब कर्जाको दर नेपालको भन्दा ५ गुणा भढी रहेको पाइएको छ । भारतीय रिजर्भ बैंक (आरबीआई)ले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार भारतका सेड्युल्ड कमर्सियल बैंकको नन-पर्फर्मिङ एसेट (खराब कर्जा) दर ६.९ प्रतिशत रहेको पाइएको छ ।

आरबीआईका अनुसार अघिल्लो मार्चमा एनपीए दर ८.२ प्रतिशत रहेकामा गत मार्चसम्म ७.३ प्रतिशत कायम भएको थियो जुन सप्टेम्बर अन्त्यसम्म घटेर ६.९ प्रतिशतमा आइपुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी सम्पत्तिमा प्रतिफल (रिटर्न अन एसेट) बढेर ०.७ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । स्थायी आम्दानी र घटेको खर्चले आरओए बढेको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ ।

भारतीय वाणिज्य बैंकहरूको खराब कर्जा दर नेपालको बैंकिङ प्रणालीको भन्दा ५ गुणा बढी हो । नेपालका बैंक तथा वित्तीय संस्थामा १.३७ प्रतिशत खराब कर्जा छ । वाणिज्य बैंकहरूमा भने यो दर १.२३ प्रतिशतमात्र रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्