Shikhar Insurance
National Life

बीमक संघले भन्योः नयाँ बीमा शुल्क ठिक छ

सिंहदरबार संवाददाता
२०७८ पुष १३, मंगलवार १९:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमक संघले नेपाल निर्माण व्यवसायी महासंघ र उर्जा उत्पादकहरुको संस्थासँग छलफल गरेर नै नयाँ बीमा शुल्क निर्धारण गरिएको स्पष्ट पारेको छ । उर्जा उत्पादकहरुको संस्था(इपान) र निर्माण व्यवसायी महासंघले नयाँ बीमा शुल्क विरुद्ध वक्तव्यवाजी गर्दै मन्त्री र प्रधानमन्त्रीलाई नै भेटेर लबिङ गर्न थालेपछि बीमक संघले पनि आफ्नो धारणा अघि सारेको हो ।

बीमाको अन्तराष्ट्रिय मान्यता, बीमा समितिको नियामकिय दृष्टिकोण तथा बिमितको सम्पतिको रक्षा गर्ने योजनासहित सम्वद्ध पक्षहरुसँग व्यापक छलफल गरि नयाँ प्रिमियम तोकिएको संघले बताएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बीमा समितिले २०७८ साल असोज ६ गते ‘मिनिमम प्रिमियम रेट फर नन ट्यारिफ इन्स्योरेन्स बिजनेश’ मार्फत नयाँ बीमा शुल्क निर्धारण गरेको थियो । यी प्रकृतिका बीमाहरुको शुल्क न्युन भएकाले विदेशी पुनर्बीमा कम्पनीहरुले समेत जोखिम स्वीकार गर्न आनाकानी गरिरहेका थिए ।

नेपालको बीमा बजारलाई अन्तराष्ट्रिय जगतमा थप विश्वसनिय बनाउने, बीमितहरुको सम्पतिको उच्चतम जोखिम बहन गर्ने योजनासहित बीमा समितिले नयाँ बीमा शुल्क निर्धारण गरेको बताउँदै आएको छ । निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इपान)ले भने नयाँ बीमा शुल्क विरुद्ध मन्त्रीदेखि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर फिर्ता लिन दबाव दिईरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्