Shikhar Insurance
National Life

ट्रायल पास गर्नेको घरैमा लाइसेन्स आउने ! बाँकी रहेकाको छपाइ थालियो

सिंहदरबार संवाददाता
२०७८ पुष १३, मंगलवार १७:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । गत फागुनदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरू भएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवको उपस्थितिमा यातायत व्यवस्था विभागमा लाइसेन्स छपाइ थालिएको हो ।

लाइसेन्स छाप्ने कार्ड नभएपछि सरकारले अत्यावश्यकबाहेकका सेवाग्राहीको लाइसेन्स छाप्ने काम रोकेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैबीच सरकारले छापिएका लाइसेन्स सरकारले घरैमा पुर्‍याइदिने तयारी गरेको छ । यातायात मन्त्री यादवले सो अवसरमा हुलाकमार्फत् घरैमा पुर्‍याउने व्यवस्था गर्न छलफल भइरहेको बताइन् ।

छापेपछि घरमै लाइसेन्स पठाइदिन सके हुम्ला-जुम्लाबाट दुःख गरेर आएर लाइसेन्स लिनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।

सुरू भएपछि माघ मसान्तसम्म छाप्न बाँकी सबै लाइसेन्सको छपाइ सकिने बताइएको छ । अहिले करिब ४ लाख ५० हजार लाइसेन्स छाप्न बाँकी छ ।

विभागले तीन सिफ्टमा दैनिक ८ हजार कार्ड छाप्ने तयारी गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्