Shikhar Insurance
National Life

एनएमबिले स्विजरल्यान्डबाट डलरमा ऋण ल्याउने, तरलता अभावमा बैंकलाई लगानीयोग्य रकम जुट्यो

सिंहदरबार संवाददाता
२०७८ पुष १३, मंगलवार १७:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबी बैंकले स्विस इन्भेस्टमेन्ट फन्ड इमर्जिङ मार्केट्स (सिफेम) सँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरी सम्झौता गरेको छ ।

सिफेमबाट पहिलोपटक नेपालमा लगानी भित्र्याउने गरी भएको यो सम्झौतामा सिफेम र स्विस सरकार विकास सहयोग (एसडीसी) बीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल स्विट्जरल्यान्डको विकास सहयोगको प्राथमिकतामा पर्ने राष्ट्र हो । नेपालमा विकासलाई अघि बढाउन स्विस संस्थाहरूबीच विशेषज्ञता र समन्वयको उपयोग गरी सिफेम र एसडीसीबीचको सहकार्यमा भएको यो लगानी नेपालसँग स्वीट्जरल्यान्डको लामो समयदेखिको साझेदारीको इतिहासमा कोसेढुंगा मानिएको छ । सिफेमबाट प्राप्त यस कर्जाका लागि एसडीसीले सिफेमलाई जोखिम बाँडफाँटको आधारमा सुविधा प्रदान गरेको छ ।

सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम मुख्यतः लघु, साना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न र वित्तीय पहुँच अभिवृद्धि गर्न प्रयोग गर्नेछ । यस्तै वित्तीय क्षेत्रको विकासमा योगदान पुर्याउन, रोजगारी वृद्धिमा सहयोग र स्थानीय अर्थव्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रमा लगानी गर्नेछ ।

नेपालका लागि स्विट्जरल्यान्डकी महामहिम राजदूत एलिजावेथ भोन क्यापेलरले ‘स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केट्सको एनएमबी बैंक लिमिटेडमा ऋण लगानीबाट नेपाल–स्वीस सहकार्यमा नयाँ अध्यायको सुरुवात भएको र यो लगानीले नेपालको अर्थतन्त्रका प्रमुख संवाहक अर्थात नेपाली लघु, साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच बढाउन सहयोग गर्ने बताइन् ।

त्यसैगरी एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले सम्झौताको महत्वलाई प्रकाश पार्दै नेपालमा नै पहिलोपटक सिफेमबाट कर्जा लगानी भित्र्याउन यो ऋण सम्झौताले वास्तविक अर्थतन्त्रका क्षेत्रमा लगानी गर्ने आफ्नो प्रतिबद्धतालाई थप गति दिएको बताए । साथै अहिलेको चुनौतीपूर्ण अवस्थामा साना व्यवसायले उनीहरूको व्यवसायलाई निरन्तरता दिन निर्बाध नगद प्रवाहमा पहुँच पुर्याउन यो सम्झौताले सहयोग गर्ने बताए ।

एनएमबी बैंक र सिफेमबीच भएको यो सम्झौता एनएमबी बैंकको लगानीका स्रोतलाई विविधीकरण गर्दै अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग सहकार्यलाई बढाउने रणनीतिको निरन्तरता हो ।

यसरी डलरमा ल्याएको ऋणलाई बैंकले सीडी रेसियोमा गणना गर्न पाउँछ जसकारण बैंकलाई ग्राहकले माग गरे अनुसार कर्जा दिन थप सहज बन्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्