Shikhar Insurance
National Life

टेलिकमसँग एनसेलको भन्दा १३ लाख बढी फोरजी प्रयोगकर्ता, अब्बल बन्दै सरकारी कम्पनी

सिंहदरबार संवाददाता
२०७८ पुष १३, मंगलवार १६:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमसँग एनसेलभन्दा १३ लाख बढी फोरजी ग्राहक रहेको एक तथ्यांकले देखाएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार टेलिकमसँग ७४ लाख ८५ हजार ४ सय ३० जना फोरजी ग्राहक छन् तर एनसेलको फोरजी ग्राहक संख्या ६१ लाख ४८ हजार २ सय ४४ रहेको तथ्यांकले देखाउँछ ।

प्राधिकरणको तथ्यांक अनुसार टेलिकमले एक महिनामै ८ लाख ५१ हजार ३६५ फोरजी प्रयोगकर्ता बढाएको छ । टेलिकमसँग असोजमा ६६ लाख ३४ हजार फोरजी ग्राहक थिए, कात्तिक मसान्तसम्म यो संख्या ८ लाख ५१ हजार ३ सय ६५ ले बढेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केही महिनाअघिसम्म फोरजी ग्राहक संख्यामा अघि देखिएको एनसेल अहिले पछि परेको छ । एनसेलले कात्तिकमा ८८ हजार ७ सय ६४ फोरजी ग्राहक थपेको छ । असोजमा एनसेलसँग ६० लाख ५९ हजार ४ सय ८० रहेको फोरजी ग्राहक संख्या कात्तिक मसान्तमा ६१ लाख ४८ हजार २ सय ४४ पुगेको हो ।

स्मार्ट टेलिकमको फोरजी ग्राहक संख्या भने घटिरहेका छन् । असोजसम्म स्मार्टका १ लाख ६७ हजार ९६ जना फोरजी ग्राहक रहेकोमा कात्तिकमा १३ हजार ३५१ ले घटेर १ लाख ५३ हजार ७ सय ४५ पुगेको छ ।

प्राधिकरणका अनुसार देशभर फोरजी ग्राहक संख्या १ करोड ३७ लाख ८७ हजार ४ सय १९ पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्