काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ७१ अंकले बढेर सोमबार ६९.७७ प्रतिशतले घटेको बजार आज पनि २.६६ अंकले घटेको हो ।
नेप्से घटेर २५१८.९९ विन्दुमा झर्दा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलबार ५८ लाख २८ हजार कित्ता ३ अर्ब १२ करोड ५५ लाख रूपैयाँमा कारोबार भएका छन् ।
कारोबारमा आएका बैंक, बीमा लगायत समूहका उपसूचक घटेका छन् । आइतबार सेयर बजारमा बीमा कम्पनीले साथ दिएको थियो । सो दिन डेढ दर्जन बीमा कम्पनीको मूल्य १० प्रतिशतले बढेका थिए । बजारमा सबैभन्दा बढी हिमालयन डिस्टिलरीको सेयर किनबेच भएका छन् ।
मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मुल्य बढ्ने क्रम मंगलबार पनि रोकिएन । गोर्खाज फाइनान्सको सेयर मूल्य भने सर्वाधिक दरले घटेको छ । हिजो कम्पनीको मूल्यमा पोजिटिभ सर्किट लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्