Shikhar Insurance
National Life

मोरङका उद्योगीले कार्यान्वयनमा ल्याएको समस्या समाधान गर्ने बिजनेस क्लिनिक

सिंहदरबार संवाददाता
२०७८ पुष १३, मंगलवार १४:१७
Hyundai
NCELL
NIMB

काठमाडौं। उद्योग संगठन मोरङले उद्योग व्यवसायका समस्याहरुको समाधान गर्ने सेवाको रुपमा सिआइएम बिजनेश क्लिनिक कार्यान्वयनमा आएको छ।

गत साता काठमाडौमा संगठनको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र मन्त्रालयको टिम समक्ष बिजनेश क्लिनिकमा हालसम्म संकलन गरिएका सदस्य उद्योग प्रतिष्ठानहरुका १०४ वटा विभिन्न क्षेत्र तथा बिषयसँग सम्बन्धीत समस्याहरु प्रस्तुत गरेसँगै क्लिनिक कार्यान्वयनमा आएको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्लिनिकमा संकलित सदस्य उद्योग प्रतिष्ठानहरु समस्या समाधानको सहजिकरणका लागि उद्योग मन्त्रालयमा सम्पर्क समन्वय बिन्दु तोक्नुका साथै हरेक तिन तिन महिनामा संगठन र मन्त्रालय बिच सहजिकरण बैठक तथा समिक्षा बैठक गर्ने समझदारी भएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए।

संगठनले सदस्य उद्योग प्रतिष्ठानका समस्याहरु संकलन गर्न सदस्य प्रतिष्ठानमा प्रत्यक्ष भ्रमणगर्न उद्योग भ्रमण कार्यक्रम नै सञ्चालन गरिरहेको छ।

यसरी संकलित समस्याहरुलाई कार्यान्वयन तहका, नीतिगत तहका, उद्योग विशेष वा साझा समस्या तथा उर्जा, कर, राजश्व, श्रम, भन्सार, निर्यात आयात, बैंक तथा वित्तिय क्षेत्र, स्थानीय सरकार जस्ता विषयहरुमा बर्गिकरण गर्दै सोहि अनुरुपको समाधानका लागी सम्बन्धीत निकायमा पहल र प्रयत्न गर्दै आएकोमा उद्योग मन्त्रालयमा फोकल बिन्दु तोकिएसँगै अब उद्योगी व्यवसायीहरुका समस्याहरुको एकै स्थानबाट समाधानका लागी पहल र प्रयत्नगर्न सहज हुने अध्यक्ष प्याकुरेलले जानकारी दिए।

संगठनको बार्षिक रणनीतिक कार्ययोजना अनुरुप सदस्य उद्योग प्रतिष्ठानहरुको समस्या समाधानका लागी पैरवी गर्दै उद्योग व्यवसायलाई पूर्ण क्षमता सञ्चालन गर्न क्षमता अभिबृद्धिमा समेत सघाउने उद्देश्यले बिजनेश क्लिनिकको आवश्यकता महशुश गरि नमुना कार्यक्रमका रुपमा कार्यान्वयनमा ल्याइएको अध्यक्ष प्याकुरेलले बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्