Shikhar Insurance
National Life

नेप्से आईटी शाखाका २ कर्मचारीले दोस्रो बजारका गोप्य सूचना माफियालाई बेचेको आरोप !

सिंहदरबार संवाददाता
२०७८ पुष १२, सोमबार २१:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा कार्यरत २ जना कर्मचारीले ब्रोकर तथा ठुला लगानीकर्तासँगको मिलोमतोमा नेप्से कारोबार सिस्टमको गलत फाइदा उठाई नीजि स्वार्थको लागि पटकपटक प्रणाली बिगारेको, बजारका माफियाहरुको स्वार्थमा काम गरेको र कारोबार सम्बन्धि प्रमाण नष्ट गरिरहेको आरोप लागेको छ । नेप्से आइटीमा कार्यरत कर्मचारीहरू निशा तिमिल्सिना र प्रभाकर घिमिरेले यस्तो काम गरिरहेको आरोपसहित नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयाल, नेपाल धितोपत्र बोर्डका निमित्त अध्यक्ष निरज गिरी र अर्थ मन्त्रालयसम्म उजुरी परेको हो ।

उनीहरूले भित्रि कारोबारीलाई सघाएर पुजीँ बजारमा अपुरणीय क्षति पुर्याएकोले तुरुन्त निलम्बन तथा छानबिन गरी कानुनअनुसार कारवाहीको माग उजुरीमा छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आईटीमा कार्यरत यी दुई बाहेक नेप्से तथा वाईकोका कर्मचारीहरुले समेत निरन्तर रुपमा अवैध कारोबार तथा अन्य अवान्छित गतिविधि गरिरहेको आरोप लगाइएको छ ।

निशा तिमिल्सिनाले श्रीमानसँगको मिलोमतोमा आफ्नो भाइ निरज तिमिल्सिना, श्रीमान तथा परिवारको अन्य खातामार्फत ब्रोकर नं. ४४ मार्फत् कारोबार गर्दै आएको आरोप लगाइएको छ । ब्रोकरले तिमिल्सिनालाई १ करोड भन्दा बढीको कारोबार लिमिट सित्तैमा उपलब्ध गराएको बताइएको छ ।

उनको कोरोबारबारे ब्रोकर समेत जानकार रहेकोले ब्रोकरलाइ समेत कारवाही गरिनुपर्ने माग उजुरीपत्रमा छ ।

तिमिल्सिनाका श्रीमान र श्रीमती नै पोखरा भ्रमणमा रहेका बेला फागुन २ गते, २०७७ मा प्रणालीमा अनिधिकृत पहुच पुर्याई कोरोबार गरको आरोप समेत छ । उनको श्रीमानले आफू कार्यरत सफ्टवेरिका कलेजबाट श्रीमतीको सहयोगमा निरन्तर कारोबार प्रणालीमा पहुँच राखेर भित्रि कारोबारमा संलग्न रही करौडौंको सेयर किनबेच गरेको उल्लेख उजुरीमा गरिएको छ । उनले आफूले गरको कारोबार तथा केवाईसी सम्बन्धि विवरणहरु परिवर्तन तथा नष्ट गरिरहेको आरोप लगाइएको छ ।

यस्तै अर्का कर्मचारी प्रभाकर घिमिरे बहिनी प्रतिभा घिमिरेमार्फत ब्रोकर नं. ४१ बाट कारोबार गर्दै आएका छन् । घिमिरेमाथि पनि ब्रोकरबाट सित्तैमा कारोबार लिमिट लिएको आरोप लागेको छ । उनले यसको सट्टामा भित्रि कारोबार तथा अन्य महत्वपूर्ण सूचना ब्रोकरलाइ उपलब्ध गराउने गरेको आरोप लगाइएको छ । बहिनी बाहेक अन्य खाताबाट समेत घिमिरेले कारोबार गर्दै आएको जानकारी उजुरीकर्ताको छ । उनले पनि आफूले गरको कारोबार तथा केवाईसी सम्बन्धि विवरणहरु परिवर्तन तथा नष्ट गरिरहेको आरोप लगाइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्