Shikhar Insurance
National Life

सिटिजन्स बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा नवलपरासीको जर्गाहामा

सिंहदरबार संवाददाता
२०७८ पुष १२, सोमबार १६:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंकले ८९ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

बैंकले नवलपरासी जिल्लाको सुनवल नगरपालिका, जर्गाहा मा यहि पुस ९ गतेबाट शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको जनाएको छ ।सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मण आचार्य लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्