Shikhar Insurance
National Life

वाणिज्य बैंकबाट फेरि घट्यो निक्षेप, कर्जा भने बढेको बढ्यै, सीडी रेसियोमा सुधार

सिंहदरबार संवाददाता
२०७८ पुष १२, सोमबार १४:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । पुसको पहिलो साता केही मात्रामा बढेको वाणिज्य बैंकहरूमा रहेको निक्षेप दोस्रो साता पुनः घट्न थालेको छ । पुस २ गतेसम्म बैंकहरूमा कुल ४२ खर्ब ३८ अर्ब ९८ करोड रूपैयाँ रहेको निक्षेप ९ गतेसम्म घटेर ४२ खर्ब ३४ अर्ब ९२ करोड रूपैयाँमा ओर्लिएको हो ।

मंसिर २४ गतेसम्म ४२ खर्ब २१ अर्ब ४२ करोड रूपैयाँ निक्षेप रहेकामा २ गतेसम्म पर्याप्त मात्रामा बढेको थियो । तर, त्यसयता निरन्तर घटिरहेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउँछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यता वाणिज्य बैंकहरूले दिने कर्जाको मात्रा भने निरन्तर बढिरहेको छ । पुस २ गतेसम्म बैंकहरूले ४० खर्ब ८५ अर्ब ४६ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए जुन ९ गतेसम्म आइपुग्दा ४० खर्ब ८८ अर्ब ३३ करोड रूपैयाँ कायम भएको छ । मंसिर २४ गतेसम्म उनीहरूले ४० खर्ब ७६ अर्ब ५८ करोड रूपैयाँ बराबरको कुल कर्जा प्रवाह गरेका थिए ।

निक्षेको मात्र घटेर कर्जा प्रवाह उल्लेखनीय दरमा विस्तार भएपनि बैंकहरूको निक्षे कर्जा अनुपात सीडी रेसियोमा भने सुधार आएको छ । संघका अनुसार मंसिर २४ मा ९१.४९ प्रतिशतसम्म पुगेको सीडी रेसियो पुस ९ मा ९१.३ प्रतिशत कायम छ ।

बैंकहरूले असार मसान्त सम्म यो अनुपात ९० प्रतिशतमा झार्नुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्