काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसीमा राष्ट्रघात देखाउन चुनौती दिएका छन् । माओवादी केन्द्रको महाधिवेशनलाई सम्बोधन गर्दै काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री ओलीले एमसीसी सम्झौतामा राष्ट्रघात देखाउन चुनौती दिएका हुन् ।
‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुपर्यो एमसीसी, कहाँ छ राष्ट्रघाती ? मैले त कहिँ देखेको छैन,’ प्रधानमन्त्री देउवाले भने ।
उनले आफु देशको प्रधानमन्त्री भएको र देशहित विपरिद जाने कुरा कल्पनै गर्न नसक्ने स्पष्ट पारेका हुन् । ‘म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपाल राष्ट्रको खिलापमा जाउँला रु म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ म किन राष्ट्रघात गरौंला ।’ प्रधानमन्त्री देउवाले प्रतिप्रश्न गरेका छन् ।
उनले सत्तारुढ गठबन्धनमा व्यापक छलफल गरेर एमसीसी पास गर्ने पनि बताए । ‘प्रचण्डजीहरु, अरु नेताहरुसँग छलफल गरिरहेका छौं, एमसीसी नेपालको हितमा छ । सित्तै आएको पैसा हो यो । सित्तै आएको पैसा चाहिन्न भन्छ ?’, देउवाले भने ।
उनले विश्व बैंक, एडीबीका ऋणहरुमा पनि अन्तराष्ट्रिय कानुनहरु आकर्षित हुने पनि बताए । एमसीसीले नेपालको कानुन मान्छु भनेर प्रतिवद्धता नै गरेकाले त्यसलाई सबैले बुझ्नुपर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्