काठमाडौं । सेयर बजारले उकालो लय समातेको छ । आइतबार नेप्से परिसूचक ७१.२० अंकले बढेर २५९१.४२ अंक कायम भएको हो ।
नेप्से बढेसँगै कारोबार रकममा पनि भारी सुधार आएको छ । दिनभर ८६ लाख कित्ता सेयर ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँमा किनबेच भए ।
सबैभन्दा धेरै नबिल बैंकको सयर किनबेच भए । करिब दुई दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।
प्रतिक्रिया दिनुहोस्