Shikhar Insurance
National Life

लामो पर्खाइपछि मध्य भोटेकोसीको सेयर नेप्सेमा सूचीकृत, पहिलो कारोबार कतिमा होला ?

सिंहदरबार संवाददाता
२०७८ पुष ८, बिहीबार १५:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेकोसहित ६ करोड कित्ता सेयर सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको एक करोड १७ लाख, ऋणदाता संस्थाका कर्मचारीहरूलाई निष्काशन गरेको छ लाख, संस्थापक सेयरधनी संस्थामा कर्मचारीहरुलाई वितरण गरेको २१ लाख र कम्पनीका संस्थापकहरूले लगानी गरेको तीन करोड छ लाख गरी छ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ९४ रुपैयाँ ३९ पैसा देखि २८३ रुपैयाँ १७ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । अब आइतबार कारोबार खुल्दा सोही मूल्यका आधारमा खुल्नेछ ।

बाँडफाँड भएको लामो समय बितिसक्दा पनि नेप्सेमा सूचीकृत नभएको गुनासो आम लगानीकर्ताबाट हुँदै आएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्