Shikhar Insurance
National Life

बैंकहरुलाई एकमुष्ट ९२ अर्ब रुपैयाँ पुनरकर्जा दिँदै राष्ट्र बैंक, तरलता संकट हल हुने

सिंहदरबार संवाददाता
२०७८ पुष ८, बिहीबार ०८:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । तरलता संकटमा परेका बैंकहरुलाई नेपाल राष्ट्र बैंकले ९२ अर्ब रुपैयाँ बैंकहरुलाई व्यवस्थापन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकहरुलाई पुनरकर्जामार्फत् १ वर्षको लागि ९२ अर्ब रुपैयाँ स्रोत व्यवस्थापन गर्न लागेको हो ।

उक्त रकम एकमुष्ट पुनरकर्जामार्फत् बैंक तथा वित्तीय संस्थाहरुलाई पुस महिना भित्रै दिइने राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘गत आवमा १ खर्ब ४८ अर्ब रुपैयाँ पुनरकर्जा सुविधा दिएको थियो, जुन अहिलेपनि ९८ अर्ब ३४ करोड रुपैयाँ लगानीमा छ,’ कार्यकारी निर्देशक ढकालले सिंहदरबारसँग भने, ‘चालु आवको लागि ९२ अर्ब रुपैयाँ पुनरकर्जा स्वीकृत गरेका छौँ, जसमध्ये ५३ अर्ब २५ करोड रुपैयाँ शुक्रबार भित्र पठाउँने तयारी गरेका छौँं ।’

बाँकी ३९ अर्ब २२ करोड रुपैयाँ पुनरकर्जा राष्ट्र बैंकले पुस मसान्तभित्रै पठाउने उनले जानकारी दिए । उक्त पुनरकर्जा बैंक तथा वित्तीइ संस्थालाई एकमुष्ठ पुनरकर्जामार्फत् बैंकिङ प्रणालीमा पठाउन लागेको हो । राष्ट्र बैंकले बैंकिङ विकास कोषको ५ गुणासम्म पुनरकर्जा सुविधा दिने व्यवस्था गरेको छ । पुनरकर्जा सुविधा राष्ट्र बैंकले ६ महिनाको लागि र एक पटक नविकरण गर्न पाउने व्यवस्था गरी १ वर्षको लागि दिने गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्