काठमाडौं । गुडविल फाइनान्सले पुस २९ गते बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट घोषित लाभांश वितरण पारित गर्ने प्रस्ताव सहित २७औं साधारण सभा बोलाएको हो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गतेदेखि २९ गतेसम्म सेयर दाखिला (बुक क्लोज) गर्ने भएको छ । पुस १५ गतेसम्म कम्पनीको सेयर खरिद गर्ने लगानीकता मात्र घोषित १९ प्रतिशत लाभांशको हकदार हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्