Shikhar Insurance
National Life

पाँच महिनामा ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता

सिंहदरबार संवाददाता
२०७८ पुष ६, मंगलवार १४:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म ३० अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार ३० अर्ब रुपैयाँ बराबरको लगानीका१२२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो ।

विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार विभिन्न ६ वटा शीर्षक अन्तर्गत उक्त उद्योग दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ । सो क्षेत्रका ३५ उद्योगमा मात्रै १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।
यस्तै, कृषि तथा वन पैदावारमा आधारित उद्योगमा चीनबाट चार वटा लगानी प्रतिबद्धता आएको छ । प्रति उद्योगमा १५ करोड रुपैयाँका दरले चार उद्योगमा ६० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको तथ्याङ्कमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ऊर्जामूलक उद्योगमा नेदरल्याण्डबाट एक उद्योगमा ५ करोड ६० लाख रुपैयाँ, सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित ६ उद्योगमा ४५ करोड रुपैयाँ लगानी आएको छ ।
उत्पादनमूलक क्षेत्रका १९ उद्योगमा ३ अर्ब २४ करोड रुपैयाँ र पर्यटनसँग सम्बन्धित ५५ उद्योगमा ९ अर्ब ५५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

नयाँ व्यवस्थाअनुसार ५ करोड रुपैयाँ भन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुदैन । विभागले सार्वजनिक गरेको ५ महिनाको विदेशी लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव चीनबाट आएको पाइएको छ ।

तथ्याङ्क अनुसार ५ महिनामा कूल प्रतिबद्धताको करिब ८० प्रतिशत चीनबाट आएको छ । चीनबाट १०२ उद्योगमा २३ अर्ब ६४ लाख रुपैयाँ बढीको प्रतिबद्धता आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्