Shikhar Insurance
National Life

पार्टी कार्यालय उद्घाटन गर्दै माधव नेपालले भने– ‘हाम्रो विद्रोहले सही दिशा लिदैछ’

सिंहदरबार संवाददाता
२०७८ पुष ६, मंगलवार १०:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को उपत्यका विशेष प्रदेश कमिटीले पार्टी कार्यालय उद्घाटन गरेको छ । काठमाण्डौं शान्तिनगरमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।

पार्टीमा विद्रोह गरि कम्युनिष्ट आन्दोलनलाई एकताबद्द बनाउन र संगठनलाई व्यवस्थित गर्न कार्यालय आवश्यक रहेको उक्त कार्यक्रममा संचालक एवं र कमिटीका सचिव बिष्णु लम्सालले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पेशागत जिल्ला कमिटी, उद्योग, मजदुर र युवा, विद्यार्थी रहेको उपत्यका बिशेष प्रदेश कमिटीले दुई तिहाईको सरकार हुँदापनि मूलुकलाई सहि दिशामा नेतृत्व दिन नसकि प्रतिनिधिसभा विघटन गरेको एक वर्ष पूरा भएकै दिन उपत्यका विशेष प्रदेश कमिटीको कार्यालय उद्घाटन गरेको हो ।

कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र व्यवस्थाको संरक्षण गर्ने दायित्वका साथ विद्रोह गरेको र सैद्धान्तिक रुपमा पार्टीले सहि दिशा लिएको र विचारमा विचलन आए जनताको विश्वास नगर्ने बताए ।

कमिटीका अध्यक्ष केदार सञ्जेलको अध्यक्षतामा संक्षिप्त कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कमिटीको तर्पmबाट उपाध्यक्ष सुर्य खत्रीले छोटो मन्तव्य राखेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्