Shikhar Insurance
National Life

महालक्ष्मीको मनै लोभ्याउने लाभांशः आफ्नै ‘स्ट्रेन्थ’मा उज्ज्वल भविष्य

सिंहदरबार संवाददाता
२०७८ पुष ४, आईतवार ११:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आवमा हालसम्म लाभांश घोषणा गर्ने विकास बैंकहरुमध्ये सबै भन्दा धेरै र बैंकहरुमध्ये तेश्रो धेरै लाभांश घोषणा गर्ने विकास बैंकको नाम हो महालक्ष्मी । बैंकले पुस २५ गतेका आफ्नौं २० औं बार्षिक साधारण सभा डाकिसकेको छ ।

कोरोना महामारी र नेपाल राष्ट्र बैंकले ऋणीहरुलाई अनेकौं सहुलियत दिनुपर्ने व्यवस्था कार्यान्वयनका बावजुद पनि महालक्ष्मी विकास बैंकले यसपाली २१.०५ प्रतिशत लाभांश दिँदैछ । झट्ट सुन्दा नै चमत्कार लाग्ने यस्तो प्रगति कसरी सम्भव भयो त ? बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा भन्छन्–‘यो सञ्चालक समिति, उच्च व्यवस्थापन समुह र सम्पूर्ण कर्मचारी टिम अनि हाम्रा ग्राहकहरुको विश्वासबाट आर्जित सफलता हो ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले पछिल्ला पाँच वर्षकै उच्चतम प्रतिफल दिन लागेको छ, जसमा कोभिडपछिको रिकभरीले भूमिका खेलेको सिईओ देवकोटा बताउँछन् । ‘कोभिडपछिको रिकभरीले राम्रो नजिता दियो, एनपीएल पनि घटाईयो, ब्यालेन्ससीटको कोर स्ट्रेन्थले काम गरेकै थियो, सञ्चालक समितिले मेरा योजनाहरु ढुक्क साथ कार्यान्वयन गर्ने वातावरण बनायो’, सिईओ देवकोटाले मेगा लाभांशको पृष्ठभूमिबारे सिंहदरबारसँग भने ।

उच्च प्रतिफलको सुनिश्चित भविष्य
उनले बैंकमा रहेका ग्यापहरु पत्ता लागेको र ति ग्यापहरु भर्दा मात्रै पनि भविष्यका लागि थप राम्रा दिनहरु आउने दावी पनि गरे । ‘हामीले बैंकका ग्यापहरु पत्ता लगाएका छौं, त्यस बाहेक उपभोक्ताका चाहना र बजारको माग अनुसार आफ्ना सेवाहरुलाई परिस्कृत गर्दै जानेछौं, भविष्यमा अझै राम्रो सेवा र लगानीकर्ताका लागि उचित प्रतिफल दिने कुरामा हामी प्रतिवद्ध छौं’, सिईओ देवकोटाले उच्च मनोबलका साथ सुनाए ।

आफ्नै बलबुँताले अघि बढ्ने
विकास बैंकहरुको स्वतन्त्र अस्थित्वमै प्रश्न आउँछ की भन्ने संसयका बीच महालक्ष्मीले भने आफ्नै बलबुँतामा अघि बढ्ने निचोड निकालेको उनी बताउँछन् । ‘हाम्रा लगानीकर्ताहरुको मनस्थिति पनि बैंक आफ्नै बलबुँताले अघि बढोस् भन्ने खालकै छ, हामी पनि मर्जर वा एक्विजिशन भन्दा पनि आफ्नै स्ट्रेन्थमा अघि बढ्ने योजना छौं’, देवकोटाले भावी योजना पनि सुनाए ।

इतिहासको आलोकमा वर्तमानका रेखा 
बैंकले २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि थप १.०५ प्रतिशत नगद लाभांश दिँदैछ । त्यस्तो लाभांश पाउनका लागि पुस १२ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

बैंकले घोषणा गरेको लाभांश विगत ५ वर्षकै उच्च हो । आव २०७३÷७४ मा ९ प्रतिशत लाभांश दिएको बैंकले त्यसपछिका आर्थिक वर्षमा क्रमशः १५, १७.८९, ९.२६ प्रतिशत लाभांश बाँडेको थियो ।

बैंकले गत आर्थिक वर्षमा ६६ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा ४० करोड ३५ लाख रुपैयाँ नाफा कमाएको बैंकले ६३.६ प्रतिशतले नाफा बढाएको हो ।
बैंकले चालु आवको ३ महिनामै २३ करोड ५ लाख रूपैयाँ खुद मुनाफा गरिसकेको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४४.२८ प्रतिशत बढी नाफा गरेको हो ।

गत आवको पहिलो त्रैमासमा बैंकले १५ करोड ९७ लाख ८० हजार रूपैयाँ खुद नाफा कमाएको थियो । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १२ करोड ६२ लाख ६२ हजार रूपैयाँ छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ ।

असोज मसान्तसम्म बैंकले ३९ अर्ब ७८ करोड ४० लाख रूपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब ८६ करोड ४१ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापुँजी ३ अर्ब ३४ करोड २४ लाख रूपैयाँ छ । वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ १ सय ७१ रूपैयाँ ६५ पैसा छ । लाभांश वितरणपछि बैंकको चुक्तापुँजी ४ अर्ब १ करोड ८ लाख रूपैयाँ पुग्नेछ ।

यसबाहेक बैंकले आफ्नो ४ अर्बको अधिकृत पुँजीलाई ८ अर्बको बनाउँदैछ । अर्थात बैंकले निरन्तर उच्च दरको लाभांश दिनेछ र त्यसमा पनि बोनस सेयरले प्राथमिकता पाउनेछ ।

यस्तै, संस्थापक समूह(क)बाट ३ जना र सर्वसाधारण समूह(ख)बाट ३ जना गरी जम्मा ६ जना संचालकको सोही साधारण सभाबाट निर्वाचित गर्दैछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्