Shikhar Insurance
National Life

के तपाई सुत्दा घुर्नु हुन्छ ? घरबारै बिगार्ने घुर्नेबानी यसरी हटाउनुस् !

सिंहदरबार संवाददाता
२०७८ पुष ३, शनिबार १९:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । हामीमध्ये कति मानिसले सुत्नेबला घुर्छाै भन्ने कुरा अधिकांश मानिसलाई थाहै हुन्न । तर यो समस्या निरन्तर बढिरहेको छ । घुर्ने बानीका कारण सम्बन्धीत व्यक्तिको मात्रै नभएर छेउछाउमा बस्ने, सुत्नेहरुको पनि निद्रा बिगारिरहेको हुन्छ । जसले अरुलाई निकै सताईरहन्छ । कतिपय अवस्थामा त घुर्ने बानीका कारण मानिसहरुको वैवाहिक सम्बन्ध समेत टुट्ने गरेका छन् ।

मानिस किन घुर्छ ?
निद्राका क्रममा जब हामी शास लिन्छौं र छोड्छौं तब हाम्रो घाँटी टाउकोको बिचमा रहेका मुलायम कोशिकाहरुमा हुने कम्पनका कारण हामी घुर्छाै । यी कोशिकाहरु हाम्रो नाकबाट टन्सिल र मुल हुँदै माथिसम्म फैलिएका हुन्छन् । जब मानिस सुत्छन, तब हावा जाने बाटो आराम गरिरहेको हुन्छ । त्यतिबेला हावालाई बाहिर भित्र गर्नका लागि जोड गर्नुपर्छ जसका कारण ति कोशिकाहरुमा कम्पन उत्पन्न हुन्छ । जसले गर्दा मानिस घुर्छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

घुर्नेक्रम रोक्न के गर्न सकिन्छ ?
घुर्नेक्रम रोक्नका लागि श्वास प्रश्वासको बाटो खुलै राख्नुपर्छ । त्यसका लागि कैयौं उपाय छन् जसको पालना गरि घुर्नबाट बच्न सकिन्छ ।

रक्सीबाट टाढै बस्नुस्
रक्सीका कारण निद्राको समयमा मांशपेशीहरु अधिक धेरै रिल्याक्स हुन्छन् । जसका कारण श्वास प्रश्वास प्रणाली संकुचित हुन्छ । र मानिस सुतेपछि घुर्न थाल्छ । त्यसकारण सुत्नु अघि रक्सी खान छोड्नुस, घुर्नेक्रम पनि आफै हट्नेछ ।

कोल्टे परेर सुत्नुस्
जब मानिसहरु उत्तानो परेर सुत्छन् तब श्वास प्रश्वाससँग सम्बन्धी नली र मांशपेशी खुम्चिन्छन् । जसले श्वास प्रश्वास प्रक्रियामा रोकावट आई मानिस घुर्न पुग्दछ । त्यसकारण कोल्टे परेर सुत्नुस् ।

नाकमा पट्टी लगाउनुस
बजारमा यस्ता कैयौं उत्पादनहरु छन् जसले घुर्नबाट रोक्न सक्छन् । नाकमा लगाउने पट्टी पनि पाइन्छ जसले घुर्नबाट बचाउँछ ।

नाक सफा राख्नुस
चिसो लागेर नाक बन्द भएको छ भने घुर्ने सम्भावना अधिक हुन्छ । त्यसकारण चिसोबाट बच्नुस् र नाकलाई सफा गर्नुस् । रुघा लाग्नबाट जोगिनका लागि केहि औषधीको पनि प्रयोग गर्न सकिन्छ ।

तौल कम गर्नुस्
तपाईको तौल अधिक छ भने पनि घुर्ने सम्भावना हुन्छ । तौल बढी हुँदा श्वास प्रश्वास नलिमा बोसो बढ्न सक्छ जसले घुर्ने सम्भावना बढाउँछ । बोसोका कारण श्वास प्रश्वास नलीमा समस्या हुने र त्यसले घुर्ने अवस्था बन्छ । त्यसकारण आफ्नो शरिरको तौललाई धेरै बढ्न नदिनुस् । अधिक मोटोपनबाट जोगिनुस् ।

GBIME

प्रतिक्रिया दिनुहोस्