काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट प्रतिबन्धित लागुऔषध नाइट्राभेट एक हजार ४४० ट्याब्लेट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको मोहनपुर गाउँपालिका–५ बस्ने २० वर्षीय गुड्डुकुमार राम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको प्र ३–००१ ख १८०३ नम्बरको यात्रीबाहक बस जाँच गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रासस
प्रतिक्रिया दिनुहोस्