Shikhar Insurance
National Life

वाणिज्य बैंकहरु मिलेर पूर्वी काठमाडौंमा नयाँ सहर बनाउने, ४७ अर्ब लगानी

सिंहदरबार संवाददाता
२०७८ पुष २, शुक्रबार १९:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । उपत्यकामा नयाँ सहर निर्माणका लागि वाणिज्य बैंकहरुले ४७ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकले पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनामा कर्जा लगानी गर्ने भएका हुन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको समन्यवमा काठमाडौंको कागेश्वरी मनहरा, गोकर्णेश्वर र शंखरापुर नगरपालिकाले पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना सञ्चालन गरेको छ । सो आयोजनामा कागेश्वरी मनोहरा नपाको वडा नम्बर १, २, ३ र ४ गोकर्णेश्वर नपाको वडा नम्बर १, २, ४ र शंखरापुर नपाको वडा नम्बर ९ को करिब २६ हजार रोपनी जग्गा एकीकरण गरी नयाँ शहर विकास गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नयाँ शहर निर्माणका लागि डीपीआर तयार गरेर मन्त्रिपरिषदमा पठाइएको कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्ण हरी थापाले बताए । आयोजना निर्माणका लागि कुल ५२ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । जसमा ४७ अर्ब रुपैयाँ वित्तीय सहयोग वाणिज्य बैंकहरुबाट लिइने मेयर थापाले जानकारी दिए ।

‘परियोजना निर्माणका लागि स्रोत जुटाउन पहिलो प्राथमिकता बैंकबाट कर्जा लिने योजना बनाएका थियौँ, सोही अनुसार पुस १ गते सबै वाणिज्य बैंकहरुसँग छलफल गरेका छौं,’ मेयर थापाले सिंहदरबारसँग भने, ‘सरकार जमानी बस्ने हो भने नयाँ शहर निर्माणको परियोजनामा सबै वाणिज्य बैंकहरुले कर्जा लगानी गर्ने सम्झौता गरेका छन् ।’

बैंकसँगै कर्मचारी सञ्चाय कोष र नागरिक लगानी कोषले समेत सो परियोजनामा लगानी गर्ने प्रतिवद्धता गरेको उनले जानकारी दिए ।

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्