Shikhar Insurance
National Life

कम्तिमा १५ दिन इन्धनको मूल्य घटबढ नहुने

सिंहदरबार संवाददाता
२०७८ पुष २, शुक्रबार १८:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । कम्तिमा १५ दिन नेपाली बजारमा तेलको मूल्य घटबढ नहुने भएको छ । भारतबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार निगमलाई इन्धन अघिल्लो १५ दिनको भन्दा सस्तो पर्ने भएपनि पाक्षिक घाटा थेग्नै नसक्ने गरी बढी भएपछि निगम तेलको मूल्य यथावत राख्ने अवस्थामा पुगेको हो ।

निगम स्रोतका अनुसार भारतबाट तेलको मूल्य घटेर आएपनि मासिक घाटा ३ अर्ब रूपैयाँ भन्दा बढी छ । अर्थात् लागत घटेको भन्दै बजारमा तेलको मूल्य घटाउँला निगमलाई थप बोझ पर्न जान्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसर्थ तेलको मूल्य घटबढ नगर्ने निश्कर्षमा निगम पुगेको हो । निगमले हरेक १५ दिनमा भारतबाट प्राप्त मूल्यसूचीका आधारमा तेलको भाउ स्वतः स्ञ्चाचालि मूल्य प्रणाली अनुसार समायोजन गर्दै आएको छ ।

पछिल्ला केही दिनयता अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमलाई राहत मिलेको छ । एक महिना अगाडिसम्म पाक्षिक रु साढे दुई अर्ब नोक्सानी व्यहोर्दै आएको निगमलाई इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट बिहीबार प्राप्त नयाँ खरिद मूल्यअनुसार अब पाक्षिकरुपमा रु एक अर्ब ५७ करोड घाटा हुनेछ ।

पछिल्लो पटक आइओसीबाट यही पुस १ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमलाई अझै पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४४ पैसा, डिलेलमा प्रतिलिटर दुई रुपैयाँ ९२ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ७५८ रुपैयाँ २५ पैसा घाटा छ ।

निगमलाई हवाई इन्धन र मट्टितेलमा सामान्य नाफा रहेको छ । हवाई इन्धन (अन्तरराष्ट्रिय)तर्फ २६ रुपैयाँ ४४ पैसा र आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ ७१ पैसा तथा मट्टितेलमा १६ रुपैयाँ ६२ पैसा नाफा रहेको छ । हवाई इन्धन र मट्टितेलको नाफाले निगमको नोक्सानी न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन । घाटा पूर्ति गर्न निगम पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने दबाबमा रहेको छ ।

निगमले पछिल्लो पटक गत कात्तिक २४ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमका अनुसार अहिले पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १३६, डिलेलको रु ११९ र एलपी ग्यासको बिक्री मूल्य प्रसिसिलिण्डर रु एक हजार ५७५ रहेको छ ।

पछिल्लो पटक नेपालमा मूल्य समायोजन पश्चात पनि भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो छ । भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३८ रुपौयँ २४ पैसा, डिजेल प्रतिलिटर ३१ रपैयाँ ३१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा नेपालतर्फ सस्तो छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्