Shikhar Insurance
National Life

सीडी रेसियो कार्यान्वयनमा नियामकीय कडाईले साइजमा आउँदै बैंकहरु

सिंहदरबार संवाददाता
२०७८ पुष २, शुक्रबार १६:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नियामकको निर्देशनमा ‘लुप होल’ खोज्दै व्यवसाय गर्ने बैंकहरु साइजमा आउन थालेका छन् । नेपाल राष्ट्र बैंकले सहुलियत देखाएर कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा कडाई गरेपछि बैंकहरु साइजमा आउन थालेका हुन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत् ९० प्रतिशतको सीडी रेसियो लागु गरेको हो । तर, तोकिएको सीडी रेसियो बैंकहरुले आगामी असार मसान्तसम्म कायम गर्ने पाउने सहुलियत राष्ट्र बैंकले दिएको छ । अर्थात् अहिले बैंकहरुले ९० प्रतिशत सीडी रेसियो कटाएर व्यवसाय गरेपनि राष्ट्र बैंकले नियम उल्लंघन गरेको भन्दै कारवाही गर्दैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नियमनको यही सहुलियलाई ‘लुप होल’ बनाएर बैंकहरुले शत प्रतिशतसम्म सीडी रेसियो कायम गरी व्यवसाय गर्दै आएका थिए । तर, राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत् तोकिएको सीडी रेसियो कटाएर व्यवसाय गर्ने भएमा आवश्यक कार्ययोजना बनाउन निर्देशन दियो । सो निर्देशनअनुसार बैंकहरुले सीडी रेसियो कटाएर व्यवसाय गर्ने हो भने २०७९ असार मसान्तसम्ममा सो अनुपातलाई निर्धारित सीमाभित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंकमा पेश गरी सोको कार्यान्वयन गर्नुपर्नेछ । जसको राष्ट्र बैंकले मासिक रुपमा अनुगमन गरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्न निर्देशन दिने उल्लेख गरेको छ ।

गत मंसिर १ गतेसम्म २४ वटा वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतमा माथि थियो भने औसत सीडी रेसियो समेत ९२.८० प्रतिशत कायम थियो । मंसिर १५ गते आइपुग्दा समेत २४ वटै वाणिज्य बैंकको सीडी ९० प्रतिशतमाथि र औसत रेसियो ९३.४४ प्रतिशत कायम थियो ।

मंसिरको २० गतेसम्म आइपुग्दा २५ वटा बैंकको सीडी रेसियो सीमा कटेको थियो भने औसत रेसियो समेत ९३.३८ प्रतिशत कायम भएको थियो ।

तर, राष्ट्र बैंकले कटेको सीडी रेसियो व्यवस्थापन गर्न कार्ययोजना बनाउनु पर्ने निर्देशनको पालना गर्दा मंसिर मसान्तसम्म ९ वाणिज्य बैंकहरुको सीडी साइजमा आइसकेको छ । राष्ट्र बैंकका प्राप्त तथ्यांक अनुसार मंसिर २७ गतेसम्म १८ वटा वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशत माथि ९९ प्रतिशतसम्म कायम छ ।

यसरी केन्द्रीय बैंकले सहुलियत देखाएर नियमनमा थप कडाई गरेपछि ९५ प्रतिशत माथि सीडी रेसियो पुर्याउने बैंकहरुले समेत सीमा कायम गरेका हुन् । निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्दै तोकिएको सीडी रेसियो कायम गर्ने सञ्चालक समितिलाई जिम्मेवारी बनाएपछि बैंकहरु सजग भएका राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

‘अहिले सञ्चालक समितिलाई जिम्मेवार बन्नु पर्छ, अहिले कटेको छ र असार मसान्तमा सीमामा ल्याउने योजना के हो ? कार्ययोजना बनाएर राष्ट्र बैंकमा नियमित रुपमा पेश गर्न भनेका छौं,’ प्रवक्ता भट्टले सिंहदरबारसँग भने, ‘यसरी बैंकहरूले केही सहुलपयत पनि हुन्छ । तर, हामीले आजै ९० हुनुपर्छ भनेको पनि हैन, जिम्मेवार भएर सीमामा ल्याउने योजना त हुनु पर्यो । भोलि भयावह स्थित हुन सक्छ भनेर सञ्चालकलाई नै जिम्मेवार बनाएपछि बैंकहरु सजग हुन थालेका छन् ।’

राष्ट्र बैंकले अहिले सीडी रेसियो ९० प्रतिशत कटाउने बैंकहरुलाई कुनै प्रकारको सुपरिवेक्षकीय कारबाही गरेको छैन । तर, कटेको सीडीलाई असार मसान्तसम्म ९० प्रतिशतमा ल्याउने योजना बनाएर कार्यान्वयन नगरेको भए राष्ट्र बैंकले नियमकीय डण्डा चलाउने उनको भनाइ छ ।

यी हुन् सीडी घटाउने बैंकहरु
मंसिर २७ गतेसम्मको तथ्यांक हेर्दा ९ वटा बैंकहरु सीडी रेसियो क्रमिक रुपले घटाएका छन् । मंसिर महिनाको २७ दिनबीच औसतमा यी बैंकहरुले २.१३ प्रतिशत बिन्दुले सीडी रेसियो घटाएका हुन् ।

क्रमिक रुपमा सीडी रेसियो घटाउने बैंकहरुमा एनआइसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बंगलादेश, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, सानिमा, एभरेष्ट, प्रभु र नबिल बैंक हुन् । यी बैंकहरुको सीडी रेसियो मंसिर १ गतेसम्म ९० प्रतिशत माथि कायम थियो । तर, मंसिर २७ गतेसम्म ९० प्रतिशत तल कायम गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्