Shikhar Insurance
National Life

आरटीजीएस प्रणालीमा ४४ बैंक वित्तीय संस्था आवद्ध, कनेक्ट आरटीजीएसमार्फत् कारोबार सुरु

सिंहदरबार संवाददाता
२०७८ पुष २, शुक्रबार १३:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा ४४ वटा बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भएका छन् । यस अघि नै ३७ बैंक तथ वित्त कम्पनीहरु प्रणालीमा आवद्ध थिए । जसमा पस १ गतेदेखि ७ वटा थप भएका हुन् ।

थप भएकामा १ विकास बैंक र ६ वित्त कम्पनीहरु छन् । नयाँ थप हुनेमा सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, गुर्खाज् फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्डफाइनान्स, गुडविल फाइनान्स, प्रोग्रेसिभफाइनान्स तथा रिलायन्स फाइनान्स हुन् । राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीमा आवद्ध भएका यी बैंक तथा वित्त कम्पनीहरुले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उपलब्ध गराएको कनेट आरटीजीएसको प्रयोग गरी आरटीजीएस प्रणालीमा कारोबार गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस अघि २७ वटा वाणिज्य बैंक, ८ विकास बैंक र २ वित्त कम्पनीमा आरटीजीएस प्रणाली सञ्चालनमा आइसकेका छन् । आरटीजीएस प्रणालीमा रहेका बैंक ÷वित्तिय संस्थामध्ये ४२ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेट आरटीजीएसमार्फत सो प्रणालीमा जोडिएका हुन् ।

आरटीजीएस प्रणालीमार्फत् २ लाख रुपैयाँ भन्दामाथिका र तत्कालगरिने भुक्तानीहरू बैंक तथा वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तर बैंक भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् ।

एनएचसीएलले बैंक तथावित्तीय संस्थालाई थप सुविधाप्रदानगर्न नेपालराष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणाली सँग जोडिन बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिगे्रट गर्न कनेट आरटीजीएस प्रणाली प्रदान गरेको हो । आरटीजीएस प्रणालीको पहुच सँगै विद्युतिय कारोबारको आकर पनि उल्लेखय बृद्धि हुने अपेक्षा गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्