Shikhar Insurance
National Life

श्रीलंकाले २०२२ लाई भ्रमण वर्षका रुपमा मनाउने, ६० लाख पर्यटक भित्र्याउने तयारी

सिंहदरबार संवाददाता
२०७८ पुष १, बिहीबार १८:३३
Hyundai
NCELL
NIMB

एजेन्सी । श्रीलंकाले आगामी सन् २०२२ लाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने भएको छ । यहाँका पर्यटन मन्त्रीले यस विषयमा सरकारले व्यापक मात्रामा तयारी गरेको र श्रीलंका सरकारले आगामी वर्ष कम्तीमा पनि ६० लाख पर्यटक भित्र्याउने तयारीका साथ ‘भिजिट श्रीलंका’ वर्षका रुपमा घोषणा गर्ने बताए ।

यहाँको सरकारले आगामी वर्षलाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने र यसबाट आागमी सन् २०२५ सम्ममा कम्तीमा पनि दश अर्ब अमेरिकी डलर भित्र्याउने तयारीमा सरकार लागेको पनि बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यहाँका मुख्य आम्दानी पर्यटन नै हो । तर पनि कोभिड १९ को प्रभावका कारण पछिल्ला वर्षमा यहाँ पर्यटक नै पुगेका छैनन् ।

यसरी यहाँको डुब्न लागेको पर्यटन बजारलाई पुनस्थापना गर्नका लागि यहाँको सरकारले सो योजना बनाएको बताइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्