Shikhar Insurance
National Life

मुलुककै पहिलो डिजिटल केवलकार बन्दै मनकामना केवलकार, स्तरोन्नतीका लागि ४ दिन बन्द हुने

सिंहदरबार संवाददाता
२०७८ पुष १, बिहीबार १७:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको पहिलो केवलकार मनकामना केवलकारको स्तरोन्नतीका लागि आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएको छ ।

जस अनुसार केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मत संभार सकिएपछि पुस ८ गते बिहीबारबाट केवलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त अवधिभरी केवलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ ।

कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो ।

लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो । साथै केवलकारको लठ्ठा, ग्रिप लगायतका उपकरणहरु पनि स्तरोन्नति गर्ने जनाइएको छ ।

चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहनेछ ।

यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केवलकार कनेक्ट सिस्टमसहितको हुनेछ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्