Shikhar Insurance
National Life

राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट, ढकालको जिम्मेवारी परिवर्तन

सिंहदरबार संवाददाता
२०७८ मंसिर २९, बुधबार १८:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । वाणिज्य बैंक सुपरिवेक्षणका कार्यकारी निर्देशक भट्टलाई पुस १ गतेदेखि राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो ।

गत चैत १० गतेदेखि नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनलाई अन्य कामको जिम्मेवारी थप भएपछि प्रवक्ताको जिम्मेवारी डा. भट्टलाई सुम्पिएको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘भुवन कडेल जीले हेर्नु भएको व्यवस्थापनको जिम्मेवारी उहाँलाई थपिएपछि प्रवक्ता परिवर्तन गरिएको हो, उहाँले नै जिम्मेवारी बढी भयो भनेर गुनासो गर्नु भएपछि यस अघिकै प्रवक्तालाई जिम्मेवारी दिइएको हो’ राष्ट्र बैंक उच्च स्रोतले सिंहदरबारसँग भन्यो, ‘नियमन विभाग यसैपनि धेरै जिम्मेवारी र काम बढी हुने विभाग हो, त्यसमा राष्ट्र बैंकको व्यवस्थापन हेर्ने जिम्मेवारी समेत थपिएपछि उहाँलाई गाह्रो हुने देखिएपछि प्रवक्ता परिवर्तन गरिएको हो ।’

राष्ट्र बैंक व्यवस्थापन विभागको जिम्मेवारी भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेलले सम्हाल्दै आएका थिए । कडेल ३० वर्षे अवकाश नीतिका कारण मंसिर ८ गतेदेखि बिदामा बसेका छन् ।

प्रवक्ता परिवर्तन गरिएको सुचना राष्ट्र बैंकले आधिकारीक रुपमा भोली (पुस १ गते) बिहान राख्ने उनले जानकारी दिए । यसअघि आर्थिक अनुसन्धान विभाग प्रमुख हुँदा डा. गुणाकर भट्ट प्रवक्ता थिए । विभागिय जिम्मेवारीको हेरफेर भएसँगै प्रवक्ता समेत परिवर्तन गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्