Shikhar Insurance
National Life

एक महिनामै १ खर्ब ३४ अर्ब रुपयाँ विदेशी सञ्चिति घट्यो

सिंहदरबार संवाददाता
२०७८ मंसिर २९, बुधबार १६:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । एक महिनामै देशको विदेशी विनिमय सञ्चिति ५१ करोड अमेरिकी डलरले घटेको छ । गत असोज महिनामा नेपालको विदेशी विनिमय सञ्चिति १० अर्ब ९८ करोड अमेरिकी डलर थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार काक्तिक मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ४७ करोड अमेरिकी डलरमा सीमित भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । एक महिनामै कुल १ खर्ब ३४ अर्ब ४७ करोड रुपैयाँ कुल विदेशी सञ्चिति घटेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

असोज मसान्तसम्म कुल १३ खर्ब १९ अर्ब ३२ करोड रुपैयाँ विदेशी सञ्चिती कायम भएको थियो । काक्तिक मसान्तमा आइपुग्दा १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ ।
गत आवको २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.० प्रतिशतले कमी आई २०७८ कात्तिक मसान्तमा १२ खर्ब ४४ अर्ब ८५ करोड कायम भएको छ ।

बढ्दो आयातका कारण विदेशी सञ्चिति घटेको हो । एक महिनामै मुलुकमा १ खर्ब ७१ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । असोज महिनामा भारत लगायत तेस्रो मुलुकबाट कुल ४७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो । काक्तिक महिनामा आइपुग्दा यस्तो आयात .६५० अर्ब २९ करोड
पुगेको छ ।

अमेरिकी डलरमा  विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा १०.९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा २०७८ कात्तिक मसान्तमा ११.० प्रतिशतले कमी आई ११ खर्ब ७ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा ११.० प्रतिशतले कमी आई १ खर्ब ३७ अर्ब ३८ करोड कायम भएको छ । २०७८ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २६.१ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक

आर्थिक वर्ष २०७८/७९ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७८ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९.२ प्रतिशत, ६०.० प्रतिशत र २३.८ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्