Shikhar Insurance
National Life

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ मंसिर २९, बुधबार १६:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले २५औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । बैंक यही असोज २८ गतेदेखि २५औं बर्षमा प्रवेश गरेको हो ।

वार्षिकोत्सव उपलत्यमा बैंकले मंसिर २३ गते देशभरका विभिन्न ९ वटा शाखा कार्यालहरुमा रक्तदान कार्यक्रम राखेको थियो । यस्तो कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको छ । साथै, मंसिर २८ गते बैंकले वार्षिकोत्सवको अवसरमा शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम राखिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२५ औं वार्षिकोत्सवका अवसरमा राखिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेशराज अर्यालले बैंकिङ बजारमा एनसीसी बैंककोे उपस्थिती थप बलियो बनाउदै लैजाने गरी काम गरिरहेको बताए ।

बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै उनले यसको सुरक्षा गर्न बैंकको प्राथमिक दायित्व भएको बताए । कर्मचारीलाई सम्बोधन गर्दै सिईओ अर्यालले इमान्दारिताताको साथ काम गर्नको लागि आग्रह गरे । आफू पनि तल्लो पदबाट सिईओसम्म बन्न सफल भएको भन्दै अन्य कर्मचारीलाई पनि मुख्य भूमिकामा आउने गरी काम गर्नको लागि आग्रह गरे ।

समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंक एक सवल तथा सक्षम संस्थाको रुपमा काम गर्दै गएको र सेवालाई नै प्राथमिक उद्देश्यको रुपमा लिनुपर्ने बताए । साथै बैंक संचालक इमान सिंह लामा र सुमन कुमारी जोशीले शुभकामना व्यक्त गरेका थिए ।

बैंकले २५ वर्षदेखि निरन्तर काम गर्ने ५ कर्मचारीलाई सम्मान गरेको छ । जसमा अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे मंगल बहादुर बलामी र राजमान डंगोल रहनु भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्