काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाकासाथ सम्पन्न गरेको छ । वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निम्न आयस्तर भएका अभिभावकका वालवालिकाहरुका शिक्षाको लागि यथासक्य योगदान गर्ने कार्यक्रम संचालन गरेको छ ।
कम्पनीले नेपालका ७७ जिल्ला भरी कूल ८० विद्यालय संचालन गरिरहेको समता शैक्षिक गुठीलार्ई ५ लाख रुपैयाँ रकम सहयोग गरेको छ । सो रकम कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा, उक्त विद्यालयका निर्देशक दिपक संजेल, क्याम्पस प्रमुख अजय अधिकारी, शिक्षक शिक्षिका, कक्षा ८, ९ र १० का विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । साथै, कार्यक्रममा कम्पनीका ब्यवस्थापन समुहका सबै सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्