Shikhar Insurance
National Life

काठमाडौं महानगरका पाँच कर्मचारी विरुद्ध मुद्धा, विद्या सुन्दर शाक्यलाई चोख्याईयो

सिंहदरबार संवाददाता
२०७८ मंसिर २९, बुधबार १५:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । । ठेक्का पट्टामा गलत लिखत तयार पारेको आरोपमा काठमाडौं महानगरपालिकाका ५ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरका पाँच कर्मचारी विरुद्ध बुधबार बिशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नं १२, टेकुस्थित भवन निर्माण गर्न ठेक्का नं. 33185-077-78-NCBW-KMC को लागि सार्बजनिक सूचनामार्फत बोलपत्र आव्हान गरिएको थियो । बिद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरुको मुल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण ठेक्का लगाईएको थियो । गलत लिखतका आधारमा ठेक्का लगाएको उजुरी परेपछि अख्तियारले छानविन थालेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छानविनका क्रममा प्राप्त प्रमाणहरुका आधारमा प्राविधिक मुल्यांकन प्रक्रियामा सहभागी निर्देशक भैरव बहादुर बोगटी, खरिद इकाई प्रमुख उप–निर्देशक बखत बहादुर साउद, उप–निर्देशक सुमन अधिकारी, उप–निर्देशक बीर बहादुर खड्का र इन्जिनियर उमेश कुमार बुढाथोकी विरुद्ध मुद्धा दायर गरिएको हो ।

महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई भने आयोगले चोख्याएको छ । ७० करोड रुपैयाँको सो ठेक्का प्रकरणमा मेयर शाक्य र पं्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले पनि उन्मुक्ति पाएका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्