Shikhar Insurance
National Life

निफ्राको सञ्चालक समितिमा लीमा अधिकरी र सुमन पोखरेल निर्वाचित

सिंहदरबार संवाददाता
२०७८ मंसिर २९, बुधबार १५:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समितिमा लीमा अधिकारी र आईएमई ग्रुपका सुमन पोखरेल निर्वाचित भएका छन् । मंसिर २९ गते सम्पन्न बैंकको तेश्रो बार्षिक साधारण सभाले उनीहरुलाई सर्वसम्मतिले सञ्चालक समिति सदस्य निर्वाचत गरेको हो ।

सर्बसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुमा पोखरेल र अधिकारी आचार्यलाई सर्वसम्मतिले निर्वाचित गरेको हो । कोभिड–१९ को कारण उत्पन्न स्वास्थ्य जोखिमबाट जोगिन/जोगाउन आफ्ना शेयरधनीहरु अनलाईन माध्ययमबाट समेत सहभागी हुन सक्नेगरी सभाको कार्यक्रम तय गरिएको थियो भने सभामा प्रत्यक्ष रुपमा उपस्थित हुने शेयरधनीलाई समेत स्वास्थ्य सम्बन्धी मापदण्डहरु पालना गराईएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आर्थिक बर्ष २०७७/७८ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ । साथै सभाले आव २०७७/७८ को वित्तीय विवरणबाट आठ प्रतिशत बोनस शेयर प्रदान गर्ने र सोको कर प्रयोजनको लागि शुन्य दशमलव चार दुई प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्