Shikhar Insurance
National Life

अमेरिकी आधार शिविरमा रकेट आक्रमणः सेनाले तेल चाेरेकाे दमास्कसकाे आरोप

सिंहदरबार संवाददाता
२०७८ मंसिर २८, मंगलवार १७:०४
Hyundai
NCELL
NIMB

एजेन्सी । उत्तरपूर्वी सिरियाको देइर एज-जोर प्रान्तमा ओमर तेल क्षेत्र नजिकैको अमेरिकी आधार शिविर रकेट आक्रमणको शिकार भएको सिरियाली सरकार समर्थक अखबार अल-वाटानले स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

आक्रमणपछि बेस क्षेत्रमा धुवाँको मुस्लो देखिएको पनि बताइएको छ । अमेरिकी सेनाले सिरियाको उत्तरी र उत्तरपूर्वी भागहरू देइर एज-जोर, अल-हसाका र रक्का प्रान्तहरूमा अवैध रूपमा नियन्त्रण गरेको बताइने सो क्षेत्रमा सबैभन्दा ठूलो सिरियाली तेल र ग्यास क्षेत्रहरू अवस्थित छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दमास्कसले बारम्बार अमेरिकी सेनाको उपस्थितिलाई आफ्नो क्षेत्र कब्जा र तेलको प्रत्यक्ष चोरीको उद्देश्यले निहीत रहेको आरोप लगाएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्