Shikhar Insurance
National Life

‘सिमेन्ट उद्योग वा होटल डुबेर हामीलाई केही हुन्न, जलविद्युत टाट पल्टिए बैंकहरू पनि सँगै डुब्छन्’

सिंहदरबार संवाददाता
२०७८ मंसिर २७, सोमबार १८:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंकर अनिल शाहले ऊर्जा क्षेत्रमा भएको लगानीमा कुनै समस्या आउनेबित्तिकै त्यसको प्रभाव हरेक घर घरमा पर्ने बताएका छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष रहेका शाहले घरघरसँगै बैंकहरूको भविष्य पनि जलविद्युत उद्योगमा जोडिएको बताए ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा लगानी गरेका छन् । बैंकमा रहेको पैसा निक्षेपकर्ताको हो । निक्षेपकर्ताको पैसामा समस्या आए त्यसले पर्ने प्रभाव असाध्यै ठूलो र दीर्घकालीन हुने प्रमुख कार्यकारी अधिकृत शाहको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जलविद्युत् क्षेत्र धरासयी भए धान्नै नसकिने अवस्था आउने उनको चिन्ता छ । “सिमेन्ट उद्योग सबै टाट पल्टिँदा पनि बैंकलाई फरक पर्दैन । होटल सबै टाट पल्टिँदा पनि बैंकलाई फरक पर्दैन । तर, जलविद्युत् क्षेत्र टाट पल्टिँदा भने बैंकिङ क्षेत्र नै धरासयी हुन्छ,” उनले भने, “हिजो विद्युत् खपत कम गर भन्ने प्राधिकरण आज विद्युत् किनिदेउ भन्दै उद्योगको दैलोमा पुग्दैछ । यस अवसरलाई हामी सबैले सदुपयोग गरौ ।”

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्