Shikhar Insurance
National Life

निफ्राको सेयर किनबेचमा राष्ट्र बैंकको कडाइ !

सिंहदरबार संवाददाता
२०७८ मंसिर २७, सोमबार १९:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को सेयर खरिद बिक्री बारे नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले सोमबार निफ्रा लक्षित एक सर्कुलर जारी गर्दै १० प्रतिशतभन्दा बढी संस्थापक सेयर खरिदमा बन्देज लगाएको हो ।

कुनै व्यक्ति फर्म, कम्पनी, एकाघर परिवार वा संगठित संस्थाले निफ्रामा बढीमा १० प्रतिशतसम्म मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले सोसम्बन्धी अवस्था यकीन गरेर मात्र निफ्राको संस्थापक सेयर खरीद/बिक्री कार्य गर्न गर्न गराउन निर्देशन दिएको छ । यसअघि बढीमा १५ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, निफ्राको चुक्ता पुँजीको २ प्रतिशतभन्दा बढी संस्थापक सेयर खरिद बिक्री गर्नुपर्ने भएमा समेत राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले पूर्वाधार विकास बैंकमा पनि बैंक तथा वित्तीय संस्था ऐन (बाफिया)अनुसारको व्यवस्था गरेको हो ।

जारी सकुर्लरमा भनिएको छ–‘चुक्ता पुँजीको २ प्रतिशतभन्दा बढी संस्थापक शेयर धारण गरेको अवस्थामा त्यस्तो सेयर टुक्रा टुक्रा गरी वा एकमुष्ट रुपमा संस्थापक समूहमा नरहेको व्यक्तिलाई बिक्री गर्नु परेको खण्डमा सेयर बिक्री/हस्तान्तरण वा नामसारी गर्न यस बैंकको स्वीकृति लिनु पर्नेछ ।’

यदी २ प्रतिशतभन्दा कम संस्थापक सेयर खरीद गर्ने खरीदकर्ता संस्थापक समूहमा नै पर्ने व्यहोरा समेत जानकारी राष्ट्र बैंकमा गराउनु पर्नेछ । तर, चुक्ता पुँजीको २ प्रतिशतभन्दा बढी सेयर स्वामित्व धारण गरेको अवस्थामा सेयर बिक्री/हस्तान्तरण वा नामसारीसम्बन्धी प्रक्रिया राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि मात्र अघि बढ्ने उल्लेख गरिएको छ ।

यस्तै, निफ्राले हकप्रद सेयर निष्काशन गर्दा साविकका संस्थापक सेयरधनीहरुले खरीद गर्न पाउने हकप्रद सेयरको सम्पूर्ण वा आंशिक हक हस्तान्तरण गर्न चाहेमा प्रचलित कानूनबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था गरी चुक्ता पुँजीको २ प्रतिशत वा सोभन्दा कम सेयर लिएका संस्थापक सेयरधनीको हकमा सम्बन्धित संस्थाले नै संस्थापक सेयरधनीको लागि तोकिएको योग्यता अर्थात् फिट एण्ट प्रोपेर पास गरेको व्यक्तिलाई मात्र बिक्री गर्न सक्नेछ ।

निफ्रालाई व्यवसाय गर्न सहजिकरण गर्दै राष्ट्र बैंक, थप्यो यस्ता सहुलियत

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्