Shikhar Insurance
National Life

बिहीबार र शुक्रबार राजधानीमा छैठौं व्यवस्थापन तथा आइटी शैक्षिक मेला २०७८ हुँदै

सिंहदरबार संवाददाता
२०७८ मंसिर २७, सोमबार १४:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । ‘‘स्टडी इन नेपाल’’ भन्ने मूल नाराका साथ आगामी बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आई. टि. सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ ।

युनिभर्सल थट कन्सल्ट( यूटीसी )ले आगामी पुस १ र २ गते (बिहीबार र शुक्रबार) काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बी एचटिएम, बिएसडब्लु, बीबीएस, बीबीए, बिआई, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३० शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालमै व्यवस्थापन तथा आई. टि. तर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तराष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरिसकेको छ ।

छैठौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेको र कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने बताइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्