Shikhar Insurance
National Life

जिप प्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’

सिंहदरबार संवाददाता
२०७८ मंसिर २६, आईतवार १८:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई प्रोत्साहित गर्न नेपाली जिप प्रेमीहरुले ‘जिप क्लब नेपाल’ नामको सामाजिक समुदाय स्थापना गरेका छन् ।

काठमाडौंमा आयोजना गरिएको ‘जिपर्स मिटिङ २०२१’ मा जिपका उत्साहीहरुले जिप क्लब नेपालको स्थापना गरेका हुन् । जिप प्रेमी सदस्यहरुले अफरोडिङबारे जानकारी आदान प्रदान गर्ने र नयाँ ट्रेल र अफरोड रुट पहिचान गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘जिप एसयुभीबारे अझ धेरै थाहा पाउन र यसको वास्तविक क्षमताको अनुभव गर्न हामी आउटडोर इभेन्टहरु आयोजना गर्नेछौं,’ जिप कम्पास ट्रेलहकधनी कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सौरभ कृष्ण मल्लले भने ।

त्यसैगरी, क्लबका अर्का सदस्य तथा एनसेलमा कार्यरत् सुदिप देवकोटाले जिप क्लबले अफरोड ड्राइभिङबारे ट्रेनिङ दिने, ट्रेलहरुको आयोजना गर्नुका साथै अन्य सामुदायिक क्रियाकलापहरु गर्ने बताए । ‘जिप क्लबले अफरोडिङबारे सिकाउने, सोसियल र एडभेन्चरस क्रियाकलाप गर्ने र पारिवारिक जमघटलाई प्रोत्साहित गर्नेछ,’ उनले अगाडि भने ।

नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफका सिइओ अनिश लामिछानेले जिप क्लबले नेपाली बजारमा जिपको ‘ब्रान्ड इमेज’ र ‘ओनरसिप एक्सपिरियन्स’लाई बलियो बनाउने बताए । ‘हामीलाई विश्वास छ जिप क्लबले हाम्रा ग्राहकलाई जिपको लेजेन्डरी क्यापाबिलिटीबारे बुझाउन मद्दत गर्नेछ र कस्टमर इन्गेजमेन्टलाई बृहत बनाउनेछ,’ जिपर्स मिटिङमा उनले भने ।

अन्तर्राष्ट्रिय स्तरमा जिप क्लबहरुको सुरुवात जिपको उपस्थिति सडकमा देखिएदेखि नै भएको थियो । दोस्रो विश्वयुद्धमा प्रयोग भएका जिपको क्षमताबाट प्रभावित पूर्व सैनिकले आफूले प्रयोग गरेका जिपलाई लिएर भेटघाट गर्ने र ट्रेलमा जाने थालेपछि जिप क्लब अस्तित्वमा आएको थियो । अहिले संसारमा हजारौं जिप क्लबहरु संचालनमा छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्