Shikhar Insurance
National Life

गठबन्धन कायमै रहन्छ, तीनै तहको निर्वाचन एकै पटकः अध्यक्ष नेपाल

सिंहदरबार संवाददाता
२०७८ मंसिर २५, शनिबार ११:३२
Hyundai
NCELL
NIMB

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन राष्टिय सभा चुनाव र उपनिर्वाचनसम्म कायम रहने बताए । समाजवादी प्रेस संगठन नेपालले रुपन्देहीमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले स्थानीय चुनाव वैशाखमा गर्ने वा तीनै तहको चुनाव एकै पटक गर्ने भन्ने विषयमा दलहरुबीच छलफल गरेर निष्कर्षमा पुगिने बताए ।

कांग्रेसको महाधिवेशनपछि सरकारका कामले गति लिने भन्दै नेता नेपालले आफ्ना मन्त्रीहरूलाई गर्न सकिने काममा मात्र केन्द्रित भई जनताले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिएको पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अहिलेको प्रमुख अन्तरविरोध राजसंस्था नभई दलाल नोकरशाही पुँजीवाद भएको अध्यक्ष नेपालले बताए । दलाल पुँजीवादले समाजका सबै अंगमा विकृति विसंगति हुर्काएको र दलका नेताहरू समेत यसमा चुर्लुम्म डुबेको अध्यक्ष नेपालको भनाइ थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्