Shikhar Insurance
National Life

बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारी, एमाले हराउने साझा अभियान

सिंहदरबार संवाददाता
२०७८ मंसिर २४, शुक्रबार २१:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने बताएका छन् । गृह जिल्ला सङ्खुवासभा आएका प्रमुख आयुक्त थपलियाले आगामी वैशाखभित्रै स्थानीयतहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको बताए ।

सदरमुकाम खाँदबारीमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गरिरहेको बताए । राज्यको खर्च कम गराउन देशैभर एकै एउटै समयमा स्थानीय तहको निर्वाचन गराउन आयोगले आवश्यक तयारी गरिसेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राजनीतिक अनुकुलता र प्रशासनिक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने आयुक्त थपलियाको भनाइ छ । निर्वाचन आयोगले यो पटक आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको आयुक्त थपलियाले बताए ।

एमाले हराउने साझा अभियान
सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले भने सबै निर्वाचनहरुमा एमाले हराउने अभियानलाई अघि बढाउँदैछन् । राष्ट्रिय सभा निर्वाचनबाट आरम्भ हुने सो क्रम स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पनि जारी रहनेछ । काँग्रेस, माओवादी केन्द्र, नेकपा(एकिकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एमाले विरुद्ध गठबन्धन गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्