Shikhar Insurance
National Life

२५ औं बार्षिकोत्सवमा एनसीसी बैंकको रक्तदान कार्यक्रम, चार वटा आकर्षक नयाँ खाता

सिंहदरबार संवाददाता
२०७८ मंसिर २४, शुक्रबार २०:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । एनसीसी बैंकले २५ औं वाषिर्कोत्सवका अवसरमा उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमति प्रदेशको काठमाडौं मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढी गरी ९ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा विभिन्न रक्तदाताहरुबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । साथै हालसम्म १६८ पटक रक्तदान गरेका काठमाडांै बागबजार निवासी प्रेम सागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सम्मान गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै बैंकले २५ औं वाषिर्कोत्सवको अवसरमा “एनसीसी सिल्भर सेभिङ्ग खाता”, “एनसीसी सुगम सिल्भर मुद्घती खाता”, “एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता” र “एनसीसी सिल्भर रेमिट मुद्घती खाता” जस्ता आकर्षक निक्षेप खाताहरु संचालनमा ल्याएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्