Shikhar Insurance
National Life

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०७८ मंसिर २४, शुक्रबार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज शुक्रबार तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ । एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

एभरेष्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ५ सय ५० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ५ सय ८३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १०.९३ प्रतिशत बोनस सेयर पछि प्रतिकित्ता ४ सय ३ रूपैयाँ ८६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ४ सय ४८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी सबैको लघुवित्त वित्तीय संस्थाको पनि ३१.०५ प्रतिशत बोनस सेयर प्रतिकित्ता १ हजार ५ सय ४ रूपैयाँ १ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ९ सय ७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्