Shikhar Insurance
National Life

स्विडेनबाट इसेवा मनि ट्रान्सफरमार्फत् पैसा पठाउने शर्माले जिते होन्डा डिओ स्कुटर

सिंहदरबार संवाददाता
२०७८ मंसिर २३, बिहीबार २०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको “चाडपर्वको बहार दिनदिनै उपहार” योजना अन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ ।

यस योजना अन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पैसा पठाएका हजारौं मध्ये गोलाप्रथाद्वारा स्विडेनमा बसोबास गर्दै आएका ‘पूर्ण प्रसाद शर्मा’ विजेता घोषणा भएका थिए । शर्माले रेमिट्लीबाट इसेवामनी ट्रान्सफर मार्फत नेपालमा पैसा सिधै बैंक डिपोजिट गरेका थिए । उपहार चाहिँ, विजेता स्वयम् स्विडेन मै रहेकाले उनका प्रतिनिधीले लिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विजेताका प्रतिनिधिलाई साँचो हस्तान्तरण इसेवामनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइरालाले गरेका थिए । असोज २ गतेबाट सुरु भएर मंसिर २ मा समापनभएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजनामा, बम्पर उपहार ‘होन्डा डिओ स्कुटी“ का अलावा मासिक विजेतालाई ४३ इन्चको टेलिभिजन, साप्ताहिक विजेतालाई रेफ्रिजरेटर र दैनिक विजेतालाई मिक्सरग्राइण्डर प्रदान गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्