Shikhar Insurance
National Life

सप्तरीबाट सुरु भयो सुकुम्बासीलाई लालपुर्जा दिने अभियान, पुषभित्रै सबैले जग्गा पाउने

सिंहदरबार संवाददाता
२०७८ मंसिर २३, बिहीबार ०९:२६
Hyundai
NCELL
NIMB

सप्तरी । भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउपालिकाको गाँउ ब्लकमा रहेका भू्मिहिनहरुलाई आज जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी छिन् । अग्नीसाइर कृष्णसवरण गाँउपालिका र तिरहुत गाँउपालिकाको गाँउब्लकमा रहेका ७०० घर परिवारलाई बिहिबार र शुक्रबार जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्न लागिएको हो ।

जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यहि पुुस मसान्तसम्ममा देशभरीका नापी भइसकेका गाउँब्लकका नागरिकलाई जग्गा वितरण गरिसक्ने बताइन । उनले नापी भइसकेका गाउब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान शुरु गरिएको र यस अभियानमा भूूमि भएर पनि भूूमि विहिन बनीरहेकाहरु कोही पनि छुुट्न नहुनेमा जोड दिँदै नापी हुन बाँकी गाउँव्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडी बढिसकेको बताइन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री श्रेष्ठले भूूमिहिन दलित, सुकुुम्बासी र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेर काम शुुरु गरिसकेको र मुक्त हलीया, कमलरी, कमैयाको पक्षमा काम गर्न र उनीहरुको बस्तविकता अध्ययन गर्न कार्यदल बनाएर काम शुरु गरिसकेको पनि बताइन् ।

तल्ला तहका नागरिक र वाास्तविक पिडितको आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर छिटो काम गर्न लामा र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्न लागेको पनि पनि उनले बताइन । कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोसीले अहिलेसम्म गाउँव्लकको नापी भएका जग्गाको पुुर्जा वितरण प्राथमिकतामा नपरेको भन्दै अहिले परिणम निक्लने गरी काम गर्न निर्देशन आएकाले त्यसै अनुसार विभागले काम शुुरु गरिसकेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्